मलेसियामा सुतेकै ठाउँमा एक नेपालीको मृत्यु
क्वाललाम्पुर, असोज ५
मलेसियामा एक नेपालीको ज्यान गएको छ । धरान मंगलवारेका २७ वर्षका चन्द्र वहादुर राईको सुतेकै ठाउँमा ज्यान गएको हो । रोजगारीको लागि दुई वर्ष अगाडि मलेसिया आएका राई सुतेको अवस्थामा एक्कासी छटपटाएका थिए ।
साथीहरुले अस्पताल लैजाने तयारी गर्दा गर्दै ज्यान गएको कम्पनीमा कार्यरत साथी प्रेम कुमार श्रेष्ठले जानकारी दिएका छन् । पोसमार्टम रिपोर्टमा निजको मृत्यु ह्दयघातवाट भएको देखिएको छ ।
शव स्थानिय कोतातिङगी अस्पतालमा राखिएको छ । शवलाई नेपाल पठाउनको लागि कम्पनीले पहल गरिरहेको छ । राईको परिवारमा एक श्रीमती एक छोरा र एक छोरी छन् । उनी जोहोरको कोतातिङगीमा रहेको वायोनास टेक्नोलोजी एसडिएन विएचडिमा कार्यरत रहेका थिए ।
प्रकाशित मिति: ५ आश्विन २०७२, मंगलबार