ग्रान्डी अस्पतालको छतबाट हेलिकोप्टर खस्यो


 


काठमाडौं, असार १६
टोखास्थित ग्रान्डी अस्पतालको छतबाट हेलिकोप्टर खसेको छ। शनिबार दिउँसो बिरामी ल्याएर छतमा अवतरण गरेको सीम्रिक एयरको हेलिकोप्टर खसेको हो।

हेलिप्याडको छेउमा हेलिकोप्टर रोकिएकाले खसेको प्रहरीले जनाएको छ। घटनामा कुनै मानवीय क्षति नभएको बताइएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्तका डिएसपी भेषराज रिजालले जानकारी दिए । हेलिकोप्टर हेलिप्याडबाट एक तला मुनिको छतमा खसेको थियो बताइएको छ।

प्रकाशित मिति: १६ असार २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्