होसियार ! सामान्य भाइरल ज्वरोबाट ज्यानै जान सक्छ


 


काठमाडौं, असार १६
सामान्य ज्वरो आएपछि खासै वास्ता नै गर्दैनौं । तर, यसले पनि ज्यानै जान सक्ने स्थिति हुने गर्छ । दुई दिनअघि मात्रै सामान्य ज्वरो आएर अस्पताल पुगेका पत्रकार यादव थपलियाको निधन भएको छ ।

यसै घटनालाई लिएर पनि सामान्य ज्वरोलाई लापरबाही नगरि समयमै उपचार गराउनुपर्छ भन्ने सन्देश दिएको स्वास्थ्यकर्मीको सुझाव छ । अन्नपूर्णमा खबर छ ।

धेरै बिरामीलाई भाइरल इन्फ्लुएन्जाले आकस्मिक रूपमा मृत्युको मुखमा लैजाने गरेको चिकित्सहरुले बताएका छन् । तर भाइरल प्रकोपबारे नेपालका सरकारी र निजी अस्पतालहरूसँग कुनै तथ्यांक छैन ।

भाइरलसँग सम्बन्धित रोगले गर्दा अमेरिकामा बर्सेनी झण्डै ३६ हजार व्यक्तिको ज्यान जाने गरेको तथ्यांक छ ।

प्रकाशित मिति: १६ असार २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्