दुई विधेयक बहुमतले पारित


 


काठमाडौँ, असार १५

प्रतिनिधिको आजको दोस्रो बैठकले ‘राष्ट्रियसभा सदस्य निर्वाचन विधेयक, २०७५ लाई बहुमतले पारित गरेको छ । गृहमन्त्री रामबहादुर थापाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले प्रस्तुत गर्नुभएको सो विधेयक पारित भएको हो ।

यस्तै मन्त्री तामाङले प्रस्तुत गर्नुभएको ‘संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी विधेयक, २०७५’ लाई पनि बहुमतले पारित गरेको छ ।

सो विधेकयमाथि सांसद प्रेम सुवाल, हृदयेश त्रिपाठी, सञ्जय गौतमले आ–आफ्नो धारणा राख्नुभएको थियो ।  प्रतिनिधिसभाको अर्को बैठक यही असार १७ गते बिहान ११:०० बजे बस्नेछ । रासस

प्रकाशित मिति: १५ असार २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्