जनताको अपेक्षाअनुसार काम भइरहेको छ : नेता भट्टराई


 


इलाम, असार १५

नेपाल कम्युनिष्ट पार्टी स्थायी समिति सदस्य योगेश भट्टराईले सरकारले जनताको अपेक्षाअनुसार काम गर्ने बताउनुभएको छ । इलाममा हिजोबाट सञ्चालित १ नम्बर प्रदेशस्तरीय युवा भेलामा सहभागी बन्न आउनुभएका उहाँले युवा शक्तिलाई समेट्ने खालका कार्यक्रम अगाडि ल्याइने बताउनुभयो ।

प्रत्येक स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापना गर्न केन्द्र र प्रदेश सरकारले चासो राखेको बताउँदै यसका लागि आवश्यक बजेटसमेत विनियोजनको तयारी गरिरहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसमा नेता गुरुराज घिमिरेले नेपाली काँग्रेसले बलियो प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेको बताउँदै स्थानीय तहमा के कसरी विकास भइरहेको छ चासो राख्न जनतालाई आग्रह गर्नुभयो । रासस

प्रकाशित मिति: १५ असार २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्