उर्लाबारी र मिक्लाजुङमा पनि मनाईयो धान दिवस


 


मोरङ, असार १५

धान उत्पादनमा वृद्धि ,राष्ट्रको समृद्धि भन्ने नाराका साथ राष्ट्रिय धान दिवस कार्यक्रम आज मोरङको उर्लाबारी नगरपालिका – ६ मा सम्पन्न भएको छ ।

उर्लाबारी नगरपालिका वडा नम्बर ६ र पाठशाला कृषि सहकारी संस्था लिमिटेडको संयुक्त आयोजनामा भएको धान रोपाई कार्यक्रमको उर्लाबारी नगरपालिकाका मेयर खड्गबहादुर फागोले धान रोपेर उद्घाटन गर्नुभएको थियो । प्रत्येक असार १५ मा मनाउँदै आएको राष्ट्रिय धान दिवसमा स्थानीयबासी, नगरपालिकाका कर्मचारी, विद्यार्थी तथा पत्रकारको उपस्थिति रहेको थियो ।

रोपाई कार्यक्रममा धान रोप्दै, नाच्दै, एकआपसमा हिलो छ्यापेर रमाईलो समेत गरेका थिए । कार्यक्रम उर्लाबारी–६ का वडाध्यक्ष चिन्तामणि पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो ।

यस्तै धान उत्पादनमा वृद्धि ,राष्ट्रको समृद्धि भन्ने नाराका साथ राष्ट्रिय धान दिवस कार्यक्रम आज मोरङको मिक्लाजुङ गाउँपालिकामा पनि सम्पन्न भएको छ । मिक्लाजुङ गाउँपालिकाको आयोजनामा भएको धान रोपाई कार्यक्रम मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद कुशल लिम्बूले धान रोपेर उद्घाटन गर्नुभएको थियो ।

प्रत्येक असार १५ मा मनाउँदै आएको राष्ट्रिय धान दिवसमा स्थानीयबासी, गाउँपालिकाका कर्मचारी, विद्यार्थी तथा पत्रकारको उपस्थिति रहेको थियो । कार्यक्रम गाउँपालिकाका अध्यक्ष देबीप्रसाद आचार्यको सभापतित्वमा भएको थियो ।

प्रकाशित मिति: १५ असार २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्