कोरियन भाषाको परीक्षाको नतिजा प्रकाशित


 


काठमाडौं, असार १५

सन् २०१९को लागि लिइएको ईपीएस कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । ईपीएस कोरिया शाखाले गत जेठ २६ र २७ गते लिएको परीक्षाको नतिजा आज प्रकाशित गरेको हो ।

कुल ७ हजार ९ सय ९६ जना परीक्षार्थी उर्त्तीण भएको इपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर भण्डारीले जानकारी दिनुभयो । यो वर्ष कारियाले ७ हजार १ सय नेपाली कामदारको कोटा दिएको थियो । कोटाभन्दा झण्डै ९ सय बढी परीक्षार्थी उत्तीर्ण भएका छन् ।

 

 

 

प्रकाशित मिति: १५ असार २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्