इपिजीको नवौँ बैठक आज


 


काठमाडौं, असार १५

नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी)को नवौँ बैठक आज बस्दैछ । इपिजीको म्याद २० असारमा सकिन लाग्दा यो बैठकलाई अन्तिम भनिएको छ । तर, इपिजीमा नेपाल–भारत सीमा नियमनसहित १९५० को सन्धिका दुई विषयमा सहमति हुन बाँकी छ ।

‘साझा प्रतिवेदन तयार गर्ने विषयमा हाम्रो छलफल हुँदै छ, विषयको गाम्भीर्यता मनन गर्दै हामी निष्कर्ष निकाल्नेमा विश्वस्त छौँ,’ नेपाली पक्षका संयोजक डा.भेषबहादुर थापाले भन्नुभयो । भारततर्फका सदस्य डा.बिसी उप्रेतीले पनि समग्र विषयमा छलफल हुने जानकारी दिनुभयो । एक नेपाली सदस्यका अनुसार जलस्रोत, व्यापार, पारवहन, सांस्कृतिक सम्बन्धलगायत विषयमा सहमति भइसकेको छ ।

प्रकाशित मिति: १५ असार २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्