नेकपाले स्थानीय तहमा पनि संसदीय दल बनाउँदै, को बन्छ नेता ?


 


काठमाडौं, असार १५
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थानीय तहमा पनि पार्टी संसदीय दल बनाउने भएको छ ।

केन्द्र र प्रदेशमा संसदीय दल बनाइसकेको नेकपाले नयाँ संविधानअनुसार प्रदेश र स्थानीय तहमा पनि सरकार गठन भएको भन्दै सबै तहमा संसदीय दल सञ्चालन गर्न लागेको हो । नयाँ पत्रिकामा खबर छ ।

स्थानीय तहमा संसदीय दल सञ्चालनका लागि नेकपाले पार्टी विधानको धारा ५५ मा महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा स्थानीय तह संसदीय दल गठन गर्ने व्यवस्था गरेको छ ।

पार्टीका तर्फबाट निर्वाचित, मनोनीत, सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू रहने गरी स्थानीय तह संसदीय दल गठन हुनेछ ।

सम्बन्धित पार्टी कमिटीको सिफारिसमा जिल्ला कमिटीले स्थानीय तहको प्रमुख वा उपप्रमुख वा उपाध्यक्ष र सो पनि नभए वरिष्ठ सदस्यलाई दलको नेता तोक्ने विधानले प्रस्ताव गरेको छ । त्यस्तै, दलको नेताले उपनेता, प्रमुख सचेतक र सचेतक तोक्ने विधानको प्रस्ताव छ ।

प्रकाशित मिति: १५ असार २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्