फिफा विश्वकपः समूह चरणका खेल सकिए, कुन राष्ट्र छनोट भए, कुन बाहिरिए ?


 


काठमाडौं, असार १५
फिफा विश्वकप २१ औं संस्मरणबाट अन्तिम १६ मा जाने टीमको टुंगो लागेको छ । रुसमा जारी प्रतियोगितामा बिहीबार राति समूह चरणका सबै खेल सकिएसंग अन्तिम १६ मा जाने राष्ट्रका टीमको टुंगो लगेको हो ।

सहभागी ३२ राष्ट्रमध्ये १६ राष्ट्र नकआउट चरणमा प्रवेश गरेका छन् भने १६ राष्ट्र बाहिरिएका छन् ।

रुस विश्वकपको अन्तिम १६ मा युरोपेली राष्ट्रबाट सहभागी १४ मध्ये १६ राष्ट्र अन्तिम १६ मा पुगेका छन् । जसमा रुस, स्पेन, पोर्चुगल, फ्रान्स, डेनमार्क, क्रोएसिया, स्विट्जरल्याण्ड, स्वीडेन, बेल्जियम, इङ्ल्याण्ड छनोट भएका छन् । बाहिरिनेमा आइसल्याण्ड, सर्बिया, जर्मनी, पोल्याण्ड छन् ।

दक्षिण अमेरिकाबाट सहभागी पाँच राष्ट्रमध्ये अन्तिम १६ मा चार राष्ट्र पुगेका छन् । जसमा उरुग्वे, अर्जेन्टिना, ब्राजिल, कोलम्बिया छनोट भएका छन् भने पेरु बाहिरिएको छ ।

एसियाबाट सहभागी पाँच राष्ट्रमध्ये अन्तिम १६ मा जापान मात्रै पुगेको छ । साउदी अबर, इरान, दक्षिण कोरिया, अष्ट्रेलिया बाहिरिएका छन् ।

उत्तर र मध्य अमेरिकाबाट पनि सहभागी तीन राष्ट्रमध्ये अन्तिम १६ मा एक राष्ट्र मेक्सिको मात्रै छनोट भएको छ । पानामा र कोस्टारिका बाहिरिएका छन् ।

अफ्रिकन राष्ट्र मध्येबाट भने कुनै टोली पनि नकआउट चरणमा प्रवेश गर्न सकेनन्। यहाँबाट इजिप्ट, मोरोक्को, नाइजेरिया, ट्युनिसिया र सेनेगल गरि पाँच राष्ट्रले विश्वकपमा सहभागिता जनाएका थिए ।

 

प्रकाशित मिति: १५ असार २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्