४० हजार डलरसहित पैदल यात्री पक्राउ, भारत तस्करी गर्ने कोशिस


 


धादिङं, असार १४
४० हजार अमेरिकन डलरसहित एक युवक धादिङमा पक्राउ परेका छन्। डलर लिएर भारत जान लागेका नवलपरासी घर भएका २८ वर्षीय प्रकाश कलवारलाई प्रहरीले बुधबार दिउँसो चेकिङका क्रममा पक्राउ गरेको हो।

धादिङको थाक्रे– २ सिम्ले बजारस्थित अस्थायी प्रहरी पोष्ट सिम्लेबाट खटिएको प्रहरी टोलीले पृथ्वी लोकमार्गमा सवारी साधन तथा पैदल यात्रुहरुलाई चेकजाँच गर्ने क्रममा उनलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमल्सिनाले बताए। उनकाअनुसार उनी काठमाडौंबाट गल्छीतर्फ जान लागेका थिए ।

उनले बोकेको झोलामा खानतालासी गर्दा डलर बरामद भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमल्सिनाले बताए। प्रारम्भीक अनुसन्धानमा उनले सो डलर भारतमा तस्करी गर्न लागेको खुलेको छ।

जिल्ला प्रहरी कार्यालय धादिङले उनीमाथि थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवनमा बुझाएको छ।

प्रकाशित मिति: १४ असार २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्