अग्लो भवनमा विमान दुर्घटना हुँदा पाँचको मृत्यु


 


एजेन्सी, असार १४

भारतको मुम्बईमा चार्टर गरिएको एक विमान भवनमा ठोकिएर दुर्घटनाग्रस्त हुँदा पाँचजनाको मृत्यु भएको छ । दिउँसो पौने २ बजे सानो विमान निर्माणाधीन एक बहुतल्ले भवनमा ठोकिएको थियो ।

प्रहरीका अनुसार, तीन यात्रु, विमानचालक र बाटोमा हिँडिरहेका एक व्यक्तिको मृत्यु भएको हो । विमानमा कतिजना थिए प्रस्ट हुन सकेको छैन । बाह्र सीट भएको उक्त विमान घाटकोपर क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो ।

मुम्बईमा अवतरण गर्न लाग्दा विमान दुर्घटनामा परेको हो । दुर्घटनापछि आगो लागेकोमा दमकलले निभाइसकेको छ । घटनाको अनुसन्धान जारी छ ।

प्रकाशित मिति: १४ असार २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्