२४ घण्टामा दुर्इ बालिकासहित तीन जना बलात्कृत


 


नयाँदिल्ली, असार १४
२४ घण्टामा भारतमा दुई बालिकासहित एक तीन जना जना बलात्कारको शिकार भएकी छन् । दिल्‍लीमा एक क्यानडियन महिला बलात्‍कार भएको सार्वजनिक भएको छ भने हिमाचल र मन्दसौरमा नाबालिका बलात्कार भएकी छन् ।

तीनवटै घटनामा आरोपीहरुलाई पक्राउ गरिएको छ । हिमाञ्चलको बालिका बलात्कारको आरोपमा तीन जना पक्राउ परेका छन् । केही व्यक्ति अझै फरार छन् ।

यस्तै, मन्दसौरमा पनि एक बालिका बलात्कारको शिकार भएकी छन् । बलात्कार र हत्याको कोसिश गरेको आरोपमा केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ । बालिकालाई गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएको छ ।

प्रकाशित मिति: १४ असार २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्