सुनको मूल्य फेरि बढ्यो


 


काठमाडौं, असार १४
नेपाली बजारमा सुनचाँदीको मूल्य फेरि उकालो लागेको छ । आज सुन तोलामा दुई सय रुपैयाँ बढ्दै प्रतितोला ५७ हजार आठ सय रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला ५७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने यथावत छ । आज पनि चाँदी प्रतितोला सात सय ६५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १४ असार २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्