आज जननेता मदन भण्डारीको ६६ औं जन्मजयन्ती


 


काठमाण्डौँ, असार १४

जननेता मदन भण्डारीको आज ६६ औं जन्मजयन्ती । देशभर उहाँको स्मृतिमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ । मेची अञ्चल ताप्लेजुङको ढुंगेसाँघुमा जन्मनु भएका भण्डारी २०३० को प्रारम्भदेखि नै नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको सान्निध्यमा रहदै पछि मुक्तिमोर्चा समूह मार्फत तत्कालिन माले समूहमा आबद्ध हुनु भएको थियो ।

त्यसपछि मालेको महासचिव हुनु भएका भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादका माध्यमबाट आमूल परिवर्तन सम्भव छ भन्ने मान्यता स्थापित गरेपछि मनमोहन अधिकारी नेतृत्वको नेकपा माक्र्सवादी समूहसँग २०४९ मा एकीकरण गराई नेकपा एमाले गठन गर्नमा विशेष योगदान गर्नुभएको थियो ।

२०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको रहस्यमय जीप दुर्घटनामा परी मृत्यु भएका भएका भण्डारीकी धर्मपत्नी विद्या भण्डारी हाल नेपालको राष्ट्रपति हुनुुहन्छ ।

प्रकाशित मिति: १४ असार २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्