जीप दुर्घटनामा वडाध्यक्षसहित दुई जनाको मृत्यु


 


काठमाडौं, असार १४
बाजुराको त्रिवेणी नगरपालिकामा सिमेन्ट र बालुवा बोककोे १ च ९९९ नम्बर जीप दुर्घटना हुँदा अध्यक्षसहित दुई जनाको मृत्यु भएको छ। न

गरपालिकाको वडा नम्बर ४ जुकेपानीमा बुधवार साँझ भएको जीप दुर्घटनामा परेर त्रिवेणी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष खम्म नेपाली र वडा नम्बर ८ की लालसरा बुढाको मृत्यु भएको हो।

जिल्लाको छतारा जाँदै गरेको जीपले उकालोमा चढ्ने बेला लोड धान्न नसकेपछि एक्कासी पछाडि सरेर दुर्घटना भएको थियो ।

जीप सडकबाट करिव २ सय मिटर तल खसेको थियो । दुर्घटनामा परि पाँच जना घाइते भएका छन् । घाइतेहरुको अछामको बयालपाटा अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: १४ असार २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्