एकाएक कसरी नजिकिए पौडेल–देउवा ? पौडेल पक्ष सशंकित


 


काठमाडौ, असार १४
एक अर्काको चर्को आलोचना गर्ने कांग्रेस सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल एकाएक नजिकिएका छन् । निर्वाचनपछि तिक्क्तपुर्ण सम्बन्धका कारण यी दुई नेता एक अर्काको चर्को आलोचना गर्दै आएका थिए ।

अघिल्लो हप्तामा मकवानपुरको हेटौडामा भएको जिल्ला सभापति भेलामा जिल्ला सभापतिहरुले केन्द्रीय नेतृत्व तहमा देखिएको असमझदारीको चर्को आलोचना गरे पछि सभापति देउवा र वरिष्ट नेता पौडेल आपसी संवादमा जुटेको काग्रेस नेताहरुले बताएका छन् । अन्नपूर्णमा खबर छ ।

सभापति भेलाको उदघाटन सत्र मै असन्तुष्टी देखिए पनि वरिष्ट नेता पौडेलले भेलाको समापन समारोहमा आफ्नो कुनै गुट नै नभएको र अब सभापति देउवालाई सहयोग गर्ने उद्घोष गरेका थिए ।

वरिष्ट नेता पौडेलले भेला अघिको आफनो गुटगत अडानमा नदेखिए पछि उनी प्रति आफै पक्षका नेताहरुको विचमा शंका उपशंका देखिएको नेताहरुले बताउन थालेका छन ।

पौडेलको पछिल्लो भुमिकालाई लिएर चौतर्फी शंका उब्जन थाले पछि नेताहरु सिटौला, सिंह र केसीले मंगलवार काठमाडौमा भेटेरै छलफल सम्म गरेका छन ।

हेटौडामा गएको ५ देखि ८ गते सम्म भएको जिल्ला सभापतिहरुको भेलामा सहभागी हुन जादा वरिष्ट नेता पौडेल, सभापति देउवा, सहमहामन्त्री प्रकाशशरण महत र प्रवक्ता विश्वप्रकाश शर्मा एउटा होटलमा बसेका थिए ।

पौडेलले आफनो पक्षका एक जना नेतालाई पनि त्यहाँ नराखेर पछि पछिल्लो समयमा सभापति देउवा इत्तर समुह बनाएका नेताहरुको विचमा शंकाहरु देखिएका हुन् ।

प्रकाशित मिति: १४ असार २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्