सुनचाँदीको मूल्य घट्यो, कति छ आज ?


 


काठमाडौं, असार १३
बजारमा आज भने सुनचाँदीको मूल्य घटेको छ । केही दिनदेखि स्थिर रहेको सुनचाँदीको मूल्य आज तोलामा एक सय रुपैयाँ घट्दै प्रतितोला ५७ हजार ६ सय रुपैयाँ कायम भएको छ । सुन हिजोसम्म प्रतितोला ५७ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला सात सय ६५ रुपैयाँमा कायम भएको छ । चाँदी हिजो प्रतितोला सात सय ७० रूपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १३ असार २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्