धनाढ्य अम्बानीका ड्राइभरको तलव कति छ ? नतर्सिनुहोला


 


नयाँ दिल्ली
मुकेश अम्बानी विश्वकै धनी व्यक्तिहरुमध्ये एक हुन् । उनको घर पनि दुनियाकै आलिशान र महंगो घरहरुको सूचीमा पर्ने गरेको छ । उनीसंग हेलिकप्टसंगै ५०० बढी गाडी छन् ।

उनको घर सबै सुविधाले भरिपूर्ण रहेको छ । अब उनको ड्राइभरले मासिक कति तलव खान्छन् भन्ने विषय चर्चाको विषय छ । मुकेश अम्बानीका एक ड्राइवरले महिनामा कम्तीमा दुई लाख रुपैयाँ (भारु) तलब बुझ्छन् ।

उनको घरको नौकर बन्न सजिलो नरहेका बेला उनका ड्राइभरले खाने तलब चाँसोको विषय बन्नु स्वभाविक हो । अम्बानीको ड्राभइभर बन्न पनि कैयौं परीक्षणहरु पार गर्नुपर्ने हुन्छ । पूर्ण प्रशिक्षणपछि मात्रै ड्राभइभर चुनिन्छ ।

प्रकाशित मिति: १३ असार २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्