जापानमा दुर्लभ हिंसात्मक हमला, प्रहरीसहित दुईको मृत्यु


 


जापान, असार १३

जापानमा विरलै मानिने हिंसात्मक आक्रमणमा मङ्गलबार एक प्रहरी अधिकारीसहित दुई जनाको मृत्यु भएको जापानी प्रहरीले जनाएको छ ।

एक जना आक्रमणकारीले प्रहरी अधिकारीलाई चक्कु प्रहार गरी उनको बन्दूक खोसेर भागेको थियो । अर्को स्थानमा रहेको निम्न माध्यमिक विद्यालयका एक सुरक्षा गार्डलाई गोली हानेका विद्यालयको गेटमा आक्रमण गरिएको जापानी प्रहरीका प्रवक्ताले फ्रान्सेली समाचार संस्था एएफपीलाई बताउनुभयो ।

गोली लागेका ६८ वर्षीय सुरक्षा गार्डको घटनास्थलमा नै मृत्यु भएको बताइएको छ ।

चक्कु प्रहारबाट घाइते प्रहरी ४६ वर्षीय केनिची इनाइजुमीको पनि उपचारका क्रममा अस्पतालमा मृत्युभएको अस्पताल स्रोतले पुष्टि गरेको छ । करिब ४०० विद्यार्थी रहेको उक्त विद्यालयका सुरक्षा गार्डलाई गरिएको आक्रमणपछि सम्पूर्ण विद्यार्थीलाई केही समयसम्म विद्यालयको एउटा पराकिलो कोठामा लगेर राखिएको थियो ।

आक्रमणकारीलाई प्रहरीले नियन्त्रणमा लिने प्रयासमा चलाएको गोली पेटमा लाग्दा गम्भीर घाइते भएको बताइएको छ । घटनामा अन्य कोही घाइते नभएको प्रहरीले जनाएको छ ।

आक्रमणकारी २१ वर्षीय केइटा शिमाजु जापानको ‘ग्राउन्ड सेल्फ डिफेन्स फोर्स’का पूर्व सदस्य भएको बताइएको छ ।

शिमाजु सन् २०१५ मा जापानको पश्चिमी शहर कानाजावा शिविरबाट सेनामा भर्ती भएको यहाँको सरकारी टेलिभिजन च्यानल एनएचके ले जनाएको छ । तर राइफल चलाउने तालिमपश्चमत गत वर्षको मार्चमा उसले सैनिक जागिर छोडेको थियोे ।

जापान अन्य मुलुकको तुलनामा विरलै यस किसिमका हिंसात्मक घटना हुने मुलुक हो । रासस÷एएफपी

प्रकाशित मिति: १३ असार २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्