सिन्डिकेट प्रभावहिन, यातायात समितिले खर्च व्यहोरेपछि अस्पतालले दियो शव


 


काठमाडौं, असार १३
१९ दिनअघि चितवनमा दुर्घटनामा परी उपचारका क्रममा सोमबार राजधानीको ग्रान्डी अस्पतालमा मृत्यु भएका धर्मराज नेपालको शव मंगलबार अस्पतालबाट निकालिएको छ ।

पर्सा ट्रक व्यवसायी संघका पदाधिकारीले नेपालको उपचारमा लागेको खर्च तिर्ने प्रतिबद्धता जनाएपछि अस्पतालले नेपालको शव उठाउन दिएको हो । नयाँ पत्रिमा खबर छ ।

यसअघि परिवारले उपचार खर्च तिर्न नसक्दा अस्पतालले शव दिएको थिएन । अस्पताललाई १७ लाख बुझाउन बाँकी थियो ।

पर्सा ट्रक व्यवसायी संघले नेपालको उपचारमा लागेको खर्च व्यहोर्ने प्रतिबद्धता ग्रान्डी अस्पताललाई जनाएपछि परिवार तथा आफन्तले धर्मराजको शव बाहिर निकाले । मंगलबार नै दाहसंस्कार गरिएको छ ।

प्रकाशित मिति: १३ असार २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्