प्रचण्ड अझै एकसाता सिंगापुरमा


 


काठमाण्डौ, असार १२

पत्नी सीता दाहालको उपचारका लागि सिंगापुरमा रहनु भएका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अझै एकसाता त्यहाँ बस्नु हुने भएको छ ।
प्रचण्ड र सीतासँगै जानु भएकी प्रचण्ड पुत्री गंगा दाहालले आमाको स्वास्थ्मा सुधार आएको र अझै एक साता सिंगापुर बसाई रहने बताउनुभएको छ । प्रचण्ड असार ३ गते पत्नी सीताको उपचारका लागि सिंगापुर जानु भएको थियो ।

चिकित्सकको सुझाव अनुसार सीताको उपचारको फ्लोअपका लागि प्रचण्ड सिंगापुरतर्फ जानुभएको थियो । चिकित्सकले सिंगापुरको एमपी एलिजाबेथ अस्पतालमा एकपटक स्वास्थ्य परिक्षण गराउन सुझाव दिएका थिए ।

 

प्रकाशित मिति: १२ असार २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्