मोरङ कारागारमा एक कैदीको मृत्यु


 


मोरङ असार १२

विराटनगरस्थित मोरङ कारागारमा कैद सजाय भुक्तान गरिरहेका एक कैदीको आज विहान मृत्यु भएको छ ।  सुन्दरहरैंचा नगरपालिका घर भएका २५ वर्षीय उत्तम तामाङको मृत्यु भएको कारागारका स्वास्थ्यकर्मी अन्जनी पोखरेलले जानकारी दिनुभयो ।

पोखरेलका अनुसार लामो समयदेखि नशा सम्बन्धी समस्या रहेका तामाङको हृदयघात भएपछि उपचारका लागि एम्बुलेन्समा कोसी अञ्चल अस्पताल लगिएकोमा अस्पताल पुर्याउने वित्तिकै मृत्यु भएको हो । जवरजस्ती करणी मुद्धामा तामाङलाई जिल्ला अदालत मोरङले २०७० साल बैशाख १६ गते १२ वर्ष कैद सजायको फैसला सुनाएको थियो ।

उनको शव आफन्तलाई जिम्मा लगाउनका लागि कोसी अञ्चल अस्पताल विराटनगरमा राखिएको छ । तामाङलाई कारागारमा नाइकेको जिम्मेवारी पनि दिइएको थियो ।

प्रकाशित मिति: १२ असार २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्