प्रेमीको सहयोगमा भिरबाट खसाएर श्रीमानको हत्या


 


धनगढी, असार १२
कैलालीकी एक महिलाले प्रेमीको सहयोगमा आफ्नै श्रीमानको हत्या गरेकी छन् । कञ्चनपुरको पुनर्वास नगरपालिका–२ कि लक्ष्मी बडेलाले प्रेमी दीपक खत्रीको सहयोगमा कैलालीको चुरे क्षेत्रमा पर्ने भासु भिरबाट खसालेर श्रीमान तेजबहादुर बिष्टको हत्या गरेकी हुन् ।

कैलालीको गोदावरी नगरपालिका–१० माइती घर भएकी लक्ष्मीको गोदावरी–१२, खमौरा घर भएका प्रेमी दीपक खत्रीसँग विहे अघि नै प्रेम सम्बन्ध रहेको थियो । लक्ष्मी र दीपकबीचको प्रेम सम्बन्धलाई परिवारले नस्विकारेर तेजबहादुरसंग विहे गरेपछि घटनाले यो रुप लिएको हो ।

तेजबहादुर र लक्ष्मीबीच गत वैशाखमा मात्रै मागी विवाह भएको थियो । यही असार ८ गते श्रीमती लक्ष्मीसहित तेजबहादुर ससुराली पुगेपनि त्यही दिनदेखि बेपत्ता भएका थिए ।

चार दिनदेखि बेपत्ता बनेका तेजबहादुरको शव भासु भिरमा फेला परेपछि घटना सार्वजनिक भएको हो । सुरुमा आफन्तले खोजी गरेपनि फेला नपरेपछि दुई दिनपछि प्रहरीलाई खबर गरेका थिए।

भासु भिरमा तल खसालेर मारेको पत्ता लगाएको र हत्यामा संलग्न दुवै जनामाथि थप अनुसन्धान जारी राखेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक घिमिरेले जानकारी दिए ।

जसरी पनि एक अर्काको हुने भनेर कसम खाएका उनीहरुले असार आठ गते राति तेज बहादुरलाई घुम्न जाने बहानामा भिमदत्त राजमार्गको चुरे क्षेत्रमा पर्ने भासु भिरमा पुर्याएर रडले टाउकोमा हानेर विष्टलाई उनी सवार म १ प ७४७७ को मोटरसाइकलसहित तल खसालेर फर्किएको घिमिरेले बताए । प्रहरीले दीपकको शव निकालेर ल्याइरहेको छ ।

प्रकाशित मिति: १२ असार २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्