चीन भ्रमणबारे प्रधानमन्त्री ओलीले संसदलाई जानकारी गराउँदै


 


काठमाण्डौँ,असार १२

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणबारे संसदलाई जानकारी गराउनु हुँदैछ । बिहान ११ बजेपछि बस्ने प्रतिनिधिसभा बैठकमा ओलीले चीन भ्रमणबारे जानकारी गराउन लाग्नु भउको हो ।

ओलीले हिजो नै संसदमा सम्बोधन गर्ने तयारी गरिएपनि कार्यव्यस्तताको कारण देखाउँदै आजलाई सारिएको थियो । सरकार प्रमुखले विदेश भ्रमण अघि र पछि संसदलाई जानकारी गराउने परम्परा छ ।

ओली ६ दिने चीन भ्रमण पूरा गरी आइतबार स्वदेश फर्किनु भएको थियो । ओलीको चीन भ्रमणको क्रममा रेलवे लाइन, ऊर्जा, पूर्वाधार निर्माण लगायतका विषयमा सम्झौता भएको छ । ओलीले आइतबार नै राष्ट्रपति विद्यादेवी भण्डारीलाई चीन भ्रमणबारे जानकारी गराउनु भएको थियो ।

प्रकाशित मिति: १२ असार २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्