साउदी अरबबाट २१ जना नेपालीको उद्दार
काठमाडौंं, असार १२
साउदी अरबमा आवसीय नियम उल्लंघन गरेको आरोपमा पक्राउ परेका २१ जना नेपालीको उद्दार गरेर स्वदेश फर्काइएको छ । साउदी अरबस्थित नेपाली दूतावासले डिपोर्टेसनमा रहेका नेपालीलाई उद्धार गरी स्वदेश पठाइएको हो ।
आवासीय नियम उल्लंघन गरी काम गर्दै आएका उनीहरूलाई साउदी प्रहरीले पक्राउ गरी डिपोर्टेसनमा राखेको थियो । इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजान परेका कारण उनीहरू लामो समयदेखि डिपोर्टेसनमै बस्न बाध्य थिए ।
उद्धार भएकामा डम्बरकुमार कटुवाल, इर्साद मियाँ, विवराम तामाङ, सुख कामी, सन्तोष पाण्डे, देव अधिकारी, सुशील मानन्धर, गणेश तामाङ, सुवास तामाङ, रोशन भुजेल, अख्तर नदाफ, दानबहादुर बोगटी, नुरुलाह शेख, सलाउद्दिन मियाँ, महेश बोलान, भीमेश्वर राजवंशी, मन्सुर नदाफ, क्षत्र रिजाल, प्रेम स्याङ्तान, नर बुढा र टीकाराम कार्की छन् ।
प्रकाशित मिति: १२ असार २०७५, मंगलबार