९२ प्रतिशत गैरसरकारी संस्था अबैध, ४२ अर्बको चलखेल


 


काठमाडौं, असार १२
मुलुकका बिभिन्न भागमा फरक फरक उदेश्य लिएर स्थापित गैरसरकारी संस्थामध्ये ९२ प्रतिशतले संस्था नविकरण गरेका छैनन ।

हाल सम्म दर्ता भएका ४८ हजार ९० संस्थाहरु मध्ये अहिलेसम्म ४ हजार संस्था मात्रै नविकरण भएको समाज कल्याण परिषद्ले जनाएको छ । नेपाल समाचारपत्रमा खबर छ ।

परिषद्को तथ्याङक अनुसार ४४ हजार ९० वटा गैर सरकारी संस्थाहरुले नविकरण गर्न निवेदन दिएका छैनन । हाल १५ हजार गैरसरकारी संस्थाहरुले सकृय रहेर काम गरिरहेको अनुमान गरिएको छ ।

पछिल्लो तथ्याङक अनुसार गैरसरकारी संस्थाहरुको बार्षिक बजेट ४२ अर्व रुपैंया रहेकोे छ । जसमध्ये २४ अर्व रुपैंया परियोजना सम्झौता अन्तर्गत आइएनजीओ र परिषद् बीचको सम्झौता भएर रकम खर्च हुने गरेको छ ।

यस्तै, कार्यक्रम स्विकृत अन्तर्गत् १८ अर्व रुपैंया दातृ संस्था बिदेशमै रहेपनि नेपालमा कार्यरत गैरसरकारी संस्थाहरुलाई दिने सो रकम समाजकल्याण परिषद्बाट स्विकृत भई खर्च हुने गरेको छ ।

 

प्रकाशित मिति: १२ असार २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्