प्रदेश ७ : प्रतिपक्षले बेञ्च ठोकेर गरे बैठक अवरुद्ध, टुलुटुलु हेरेर नबस्ने चेतावनी


 


काठमाडौं, असार ११
प्रतिपक्ष दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा)ले बजेटमाथि असन्तुष्टि व्यक्त गर्दै पहिलो पटक सात नम्बर प्रदेशको प्रदेशसभा बैठक अवरुद्ध गरेका छन् ।

प्रतिपक्षले बैठक अवरुद्ध गरेपछि कार्यसूचीमा प्रवेश नगर्दै बैठक भोलिसम्मका लागि भएको छ । प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७५÷७६ को बजेट वितरणमुखी र ठोस रुपमा आउन नसकेको भन्दै प्रतिपक्ष दलले संसद अवरुद्ध गरेपछि बैठक स्थगित भएको हो ।

बैठक सरु भएसंगै प्रतिपक्ष दलले बेञ्च ठोकेर उठ्दै विरोध जनाएपछि सभामुख अर्जुनबहादुर थापाले आफ्ना कुरा राख्न प्रतिपक्षका तर्फबाट एक जनालाई समय दिएका थिए ।

त्यसक्रममा बोल्दै नेपाली कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले पटक पटकको सुझावपछि पनि प्रदेश सरकारले एकलौटी गरेर वितरणमुखी बजेट ल्याएको बताए । उनले ठोष रुपमा नभई डल्लो रुपमा आएको बजेटलाई फुकाएर संशोधन गर्नुपर्ने बताए । बहुमत छ भन्दैमा मनपरी ढंगले बजेट ल्याउन नपाइने भन्दै उनले गलत प्रबृत्तिलाई टुलुटुलु हेरेर नबस्ने चेतावनीसमेत दिए ।

त्यसपश्चात आफ्ना कुरा राखेपनि प्रतिपक्षका सांसदहरु सिटमा नबसेपछि अन्त्यमा सभामुख थापाले मंगलबार ४ बजेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरे ।

प्रतिपक्षकै सांसद भरत खड्काले पनि प्रदेश सरकारले प्रतिपक्षलाई बाइपास गरेर बजेट ल्याएको भन्दै आक्रोश व्यक्त गरे । उनले प्रदेश सरकारले आफै धामी र आफै झाँक्रीको शैलीमा बजेट ल्याएरको आरोप लगाए ।

आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले भने बजेट विधि विधान र नियमसंग आएको र सबैलाई समेटेको दाबी गरे । उनले केही विषय बस्तुहरु ठोष रुपमा मात्रै नआउन सकेकाले त्यसलाई अब ठोष रुपमा योजनामा राखेर विताव प्रकाशन गरिने बताए ।

प्रकाशित मिति: ११ असार २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्