पूर्वपदाधिकारीलाई मासिक भत्तादेखि कर्मचारीसम्म दिइने


 


काठमाडौं, असार ११
सरकारले पूर्वपदाधिकारीहरुलाई मासिक भत्तादेखि कर्मचारी उपलब्ध गराउने भएको छ ।

सरकारले राष्ट्रपतिदेखि सभामुखसम्मलाई राज्यबाट नियमित सुविधा उपलब्ध गराउने गरी विधेयक ल्याउने तयारी गरेको हो । नयाँ पत्रिकामा खबर छ ।

गृहमन्त्रालयले तयार पारेको विधेयकको मस्यौदामा कानून र अर्थ मन्त्रालयले सहमति दिइसकेको छ । मासिक सुविधाका रुपमा राष्ट्रपतिलाई ५० हजार र उपराष्ट्रपतिलाई ४० हजार मासिक भत्ता दिन प्रस्ताव गरिएको छ ।

काठमाडौं उपत्यका वा कुनै प्रदेश राजधानीमा घर नहुने पूर्वराष्ट्रपतिलाई मासिक दुई लाख र पूर्वउपराष्ट्रपति प्रधानमन्त्री, , प्रधानमन्त्री र सभामुखलाई मासिक ७५ हजार घरभाडा दिन विधेयकमा प्रस्ताव छ ।

पूर्वपदाधिकारीको सुरक्षा खतराको मूल्यांकन गरी आवश्यक सुरक्षा उपलब्ध पनि गराइनुका साथै कर्मचारी पनि दिइन् ।

प्रकाशित मिति: ११ असार २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्