किसान र गोठालाबिच झडप हुँदा ८६ जनाको मृत्यु


 


एजेन्सी, असार ११

नाइजेरियामा किसान र गोठालाबिच झडप हुँदा कम्तिमा ८६ जनाको मृत्यु भएको छ। नाइजेरियाको मध्य क्षेत्रका हिंसा भड्किएको प्लाटेएउ राज्यको प्रहरीले जनाएको छ।

किसान र गाईवस्तु चराउने गोठाला समुदायबिच गएको बिहीबारदेखि हिंसा भड्किएको जनाइएको छ। बेरोम किसान समुदाय र फुलानी गोठाला समुदायबिच हिंसा सुरु भएको थियो। त्यसपछि शनिबार हिंसाले उग्र रुप लिएको हो।

हिंसापछि सरकारले राज्यका तीन क्षेत्रमा कर्फ्यू लागु गरेको छ। घटनामा ६ जना घाइते भएका छन्। ५० घर जलेर नष्ट भएका छन् भने १५ मोटरसाइकल र दुई गाडी पनि घटनाको क्रममा जलेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ११ असार २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्