एक दशकपछि काठमाडौँ–राजविराज उडान शुरु


 


राजविराज, असार १०

श्री एयरलायन्सले काठमाडौँ–राजविराज–काठमाडौँ नियमित उडान शुरु गरेको छ । वर्षौदेखिको प्रतीक्षापछि राजविराज विमानस्थलबाट आजदेखि श्री एयरलायन्सको जहाजले नियमित उडान शुरु गरेको हो । काठमाडौँबाट ४६ यात्रु बोकेर राजविराज अवतरण गरेको उक्त विमान काठमाडौँका लागि २२ यात्रु बोकेर उडेको थियो ।

पचास सीट क्षमताको उक्त जहाजले हप्ताको पाँच दिन काठमाडौँ–राजविराज–काठमाडाँै उडान भर्ने श्री एयरलाइन्सले जनाएको छ । आइतबार, सोमबार, बुधबार, बिहीबार र शुक्रबार गरी सातामा पाँच दिन काठमाडौँ–राजविराज–काठमाडाँै उडान भर्ने श्री एयरलाइन्सको राजविराज शाखा प्रबन्धक सुरेश मल्लिकले जानकारी दिनुभयो ।

उक्त जहाजले काठमाडौँबाट अपराह्न १ः१५ र राजविराजबाट अपराह्न २ः१० मा उडान भर्ने तालीका सार्वजनिक गरिएको छ । काठमाडौँबाट उडेको जहाज करीब २५ मिनेटको अवधिमा राजविराज विमानस्थल पुग्नेछ । जहाजको सस्तो भाडादर न्यूनतम रु तीन हजार ५०० र अधिकतम रु छ हजार २०० तोकिएको छ । रासस

प्रकाशित मिति: १० असार २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्