चीन भ्रमण पूरा गर्दै प्रधानमन्त्री ओली स्वदेश फर्किए


 


काठमाडौं, असार १०
प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण सकेर स्वदेश फर्किएका छन् ।

विमानस्थलमा प्रधानमन्त्री ओलीलाई उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलसहितका मन्त्रीहरुले स्वागत गरेका थिए। यस्तै विमानस्थलमा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल सहितका नेताहरु पुगेका थिए।

राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना पनि प्रधानमन्त्रीको स्वागतका लागि विमानस्थल पुगेका थिए। प्रधानमन्त्री ओली यही असार ४ गते चीनको औपचारिक भ्रमणमा गएका थिए ।

प्रकाशित मिति: १० असार २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्