सुनचाँदीको मूल्य कति छ आज ?


 


काठमाडौं, असार १०
बजारमा आज भने सुनको मूल्य स्थिर छ । आज पनि सुन तोलामा ५७ हजार सात सय रुपैयाँमा नै कारोबार भइरहेको छ । सुन शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने आज तोलामा पाँच रुपैयाँ बृद्धि हुँदै प्रतितोला साय सय ७० रुपैयाँ पुगेको छ । चाँदी यसअघि शुक्रबार प्रतितोला सात सय ६५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १० असार २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्