चीन भ्रमण पूरा गरी प्रधानमन्त्री ओली स्वदेश फर्कदै


 


काठमाण्डौँ, असार १०

प्रधानमन्त्री केपी शर्मा ओली छ दिने चीन भ्रमण पूरा गरी आज बिहान ११ बजे स्वदेश फर्किँदै हुनुहुन्छ । असार ५ मा चीनको औपचारिक भ्रमणमा प्रस्थान गर्नुभएका प्रधानमन्त्री ओली भ्रमण सम्पन्न गरी ल्हासाबाट काठमाडौं फर्किनु हुनेछ ।

चीनमा भ्रमणमा प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपति सी जिन पिङ, चिनियाँ प्रधानमन्त्री लि खछ्याङलगायतसँग उच्च स्तरीय भेटवार्ता गर्नुभएको थियो । भ्रमणका क्रममा नेपाल र चीनबीच विभिन्न १० क्षेत्रमा सम्झौता भएको छ ।

सम्झौतामा रेलमार्ग, ऊर्जा, मानव स्रोत सहकार्य, आर्थिक र प्राविधिक सहकार्य लगायत रहेका छन् ।

प्रकाशित मिति: १० असार २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्