उर्लाबारीमा छाडातन्त्र मौलायो : मेयर फागो


 


मोरङ, असार ९

उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले उर्लाबारी नगरभित्र छाडातन्त्र मौलाउँदै गएको बताउनु भएको छ । उर्लाबारी–४ स्थित ग्लोवल युवा क्लबको आयोजनामा आज भएको आँखा तथा कान जाँच शिबिरलाई सम्बोधन गर्दै मेयर फागोले उर्लाबारीमा छाडातन्त्र मौलाएको बताउनु भएको हो ।

उर्लाबारी हरेक हिसाबले चर्चामा रहेको उल्लेख गर्दै विकासका नाममा राजनिती गर्न नहुने मेयर फागोको भनाई छ । जनताको शिर झुक्ने कुनै कार्य नगरेको उल्लेख गर्दै उहाँले उर्लाबारीलाई नमूना र समृद्ध बनाउने अभियानमा नगरपालिका लागिरहेको बताउनुभयो ।

कार्यक्रममा उर्लाबारी उद्योग बाणिज्य संघका अध्यक्ष भरत भट्टराई, उर्लाबारी रेडक्रसका सभापति मदनबाबु प्रसाई, सञ्चार क्लब नेपालका अध्यक्ष सरोज बस्नेत, इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी नायव निरीक्षक प्रकाश पराजुली, युवा व्यवसायी मिलन दाहाल लगायतले बाल्नु भएको थियो ।

कार्यक्रम सञ्चालन सचिब नेत्र आपागाईले गर्नुभएको थियो भने क्लबका अध्यक्ष प्रेम याख्याको अध्यक्षतामा कार्यक्रम भएको थियो । शिविरमा ४00 जनाले जाँच गराएका थिए ।

प्रकाशित मिति: ९ असार २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्