प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्न खोजे काँग्रेस आन्दोलनमा : महामन्त्री कोइराला


 


काठमाडौँ, असार ९

नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले प्रेस स्वतन्त्रतालगायत मौलिक हकलाई नियन्त्रण गर्न खोजे आफ्नो पार्टी आन्दोलनमा उत्रने बताउनुभएको छ ।

साँखुबाट प्रकाशित भइरहेको ‘लावण्य सन्देश’ साप्ताहिकको आठाँै वर्ष प्रवेशका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले काँगे्रससँग इतिहास, सिद्धान्त र निष्ठावान् कार्यकर्ता भएकाले नागरिकका मौलिक हकमाथि अंकुश लगाउन खोजिए त्यसविरुद्ध काँग्रेसले सशक्त आन्दोलन गर्ने धारणा राख्नुुभयो ।

“पे्रस स्वतन्त्रता जनताको अधिकार हो, त्यसमाथि हुने कुनै पनि प्रकारको प्रहार र नियन्त्रण काँगे्रसका लागि स्वीकार्य हुने छैन, प्रेस स्वतन्त्रताबिना अरु कुनै पनि स्वतन्त्रता पनि रहन सक्दैन”– महामन्त्री डा कोइरालाले भन्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले राजनीतिक पूर्वाग्रहका आधारमा लोककल्याणकारी विज्ञापन रोक्न खोजिए त्यसविरुद्ध महासंघ पनि संघर्षमा जाने बताउनुभयो । रासस

प्रकाशित मिति: ९ असार २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्