राष्ट्रियसभा बैठकमा सरकारको ध्यानाकर्षण


 


काठमाडौँ, असार ८

राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले मुलुकको समसामयिक तथा स्थानीय विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । विशेष समयमा बोल्दै सांसद राधेश्याम अधिकारीले दशजोड दुईको पाठ्यक्रम परिमार्जन सम्बन्धमा आपत्ति जनाउँदै मुलुक संघीयतामा प्रवेश गरेको सन्दर्भमा पाठ्यक्रमको निर्णय गर्ने व्यवस्था प्रदेशलाई नै छाड्नु पर्नेमा जोड दिनुभयो ।

सांसद बलराम बाँस्कोटाले मुलुकको कला, संस्कृति, भाषाको संरक्षणलगायत विषयलाई प्राथमिकताका साथ अघि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद रामप्रीत पासवानले शिक्षामा दलित छात्राले पाउँदै आएको आरक्षण कोटा कटौती भएको भन्दै असन्तुष्टि जनाउनुभयो ।

सांसद कमलाकुमारी ओलीले मुलुकका विभिन्न स्थानमा महिला हिंसा बढेको र आपराधिक क्रियाकलापमा संलग्न भएकाहरु खुल्लमखुल्ला हिँड्दासमेत कारबाही नभएकामा गुनासो गर्नुभयो ।

सांसद उदया शर्मा पौडेलले कृषि क्षेत्रमा प्राविधिक जनशक्तिको व्यवस्थापन सही ढंगबाट हुन नसक्दा कृषि उत्पादन वृद्धि हुन नसकेको भन्दै आवश्यक कदम चाल्न सरकारलाई आग्रह गर्नुभयो । रासस

प्रकाशित मिति: ८ असार २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्