सुनचाँदीको मूल्य कति छ आज ?


 


काठमाडौं, असार ८
केही दिनदेखि ओरालो लाग्दै आएको सुनचाँदीको मूल्य आज भने यथावत छ । आज पनि सुनको मूल्य प्रतितोलामा ५७ हजार सात सय रुपैयाँमा नै कारोबार भइरहेको छ । सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि स्थिर छ । चाँदी आज पनि प्रतितोला सात सय ६५ रुपैयाँमा नै कारोबार भइरहेको छ । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ८ असार २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्