‘समृद्ध नेपाल,सुखी नेपाली’को नारालाई सार्थक बनाउनुपर्छः सभामुख महरा


 


दाङ, असार ७

सभामुख कृष्णबहादुर महराले दाङको विकासका लागि संघीय सरकारले विनियोजन गरेको बजेट पर्याप्त रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ दाङले आज घोराहीमा गरेको पत्रकार सम्मेलनमा उहाँले दाङको सम्रग विकास र समृद्धिका लागि सरकारले छुट्याएको बजेटले दीर्घकालीन आधार तयार हुने बताउनुभयो ।

सभामुख महराले दाङको समृद्धि र विकासका लागि सरकारले सडक सञ्जाल, कृषि, सिँचाइ, पर्यटनलगायत पूर्वाधार विकासका क्षेत्रमा बजेट विनियोजन गरेको उल्लेख गर्दै तुलसीपुर विमानस्थलको विकल्पमा भन्दा पनि देशकै लागि आवश्यक पर्ने अर्को अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा बनाउन सम्भाव्यता अध्ययनका लागि सरकारले बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।

सरकारले घोराही–मुर्कुटी हुँदै प्यूठान जोड्ने सडकलाई मदन भण्डारी मार्गका रुपमा अघि सारेको बताउँदै उहाँले धार्मिक पर्यटन स्वर्गद्वारीलाई कोइलावास नाकासँग तथा पर्यटकीय केन्द्र रारा र लुम्बिनीलाई जोड्ने गरी सडक सञ्जालको विकासका लागि आफूले योजना अघि बढाएको धारणा व्यक्त गर्नुभयो । रासस

प्रकाशित मिति: ७ असार २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्