चीनमा प्रधानमन्त्री ओलीलाई गार्ड अफ अनर


 


बेइजिङ, असार ७

चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई गार्ड अफ अनर प्रदान गरिएको छ । भ्रमणको आज तेस्रो दिन ग्रेट हल अफ पिपलमा प्रधानमन्त्री ओलीलाई गार्ड अफ अनर प्रदान गरिएको हो ।

सो कार्यक्रममा चिनियाँ प्रधानमन्त्री लि खछ्याङ सहभागी हुनुहुन्थ्यो । त्यसअघि प्रधानमन्त्री ओलीले चिनियाँ जनकंग्रेस स्थायी समितिका अध्यक्ष लि झाङसुसँग भेटवार्ता गर्नु भएको थियो । ग्रेट हल अफ दि पिपलमा आज भएको भेटवार्तामा आपसीहित र द्विपक्षीय सम्बन्धका बारेमा कुराकानी भएको थियो ।

प्रधानमन्त्री ओलीले चिनियाँ जनकंग्रेसको अध्यक्षमा निर्वाचित हुनुभएकामा लिलाई बधाई दिँदै सफल कार्यकालको कामना गर्नुभएको थियो । अध्यक्ष लि ले नेपालको भूकम्प र त्यसले पारेको प्रभाव र पुनःनिर्माणमा भइरहेको प्रगतिका बारेमा प्रधानमन्त्री ओलीसँग जिज्ञासा राख्नुभएको थियो । भेटवार्तामा नेपाली प्रतिनिधिमण्डलको समेत सहभागिता थियो ।
रासस

प्रकाशित मिति: ७ असार २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्