सुनको मूल्य अझै घट्यो, कति छ आजको भाउ ?


 


काठमाडौं, असार ७
केही दिनदेखि सुनको मूल्य ओरालो लाग्दै गएको छ । आज पनि सुन तोलामा थप तीन सय रुपैयाँ घट्दै प्रतितोला ५७ हजार सात सय रुपैयाँमा झरेको छ । सुन हिजो प्रतितोला ५८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने आज यथावत छ । आज पनि चाँदी प्रतितोला सात सय ६५ रुपैयाँमा नै कारोबार भइरहेको छ । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित मिति: ७ असार २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्