उदयपुरमा धान रोपाइँ सुरु


 


उदयपुर, असार ७

यसपटक असार लाग्नासाथ मनसुन सक्रिय भएर वर्षा शुरु हुन थालेपछि उदयपुर जिल्लामा केही कृषकले असारको शुरुदेखि नै धान रोपाइँ शुरु गरेका छन् ।

विगतका वर्षमा सरदर असारको तेस्रो हप्तादेखिमात्र उदयपुरलगायत तराईका जिल्लामा धान रोपाइँ शुरु हुने गरेता पनि यस पटक वर्षा अगाडि नै शुरु भएपछि उदयपुरमा भने धानको बीउ हुर्किन लागेका स्थानमा कृषकले धान रोपाइँ शुरु गरेको संबद्ध कृषक बताउँछन् ।

अहिले त्रियुगा नगरपालिकाको चुहाडे, राजाबास, जोगिदह, चौदण्डी नगरपालिकाको हँडिया, सुन्दरपुर, बेलका नगरपालिकाको आम्बासीसहितका क्षेत्रमा कृषकले धान रोपाइँ शुरु गरेको यस क्षेत्रका कृषक बताउँछन् ।

प्रकाशित मिति: ७ असार २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्