पथरीशनिश्चरेका वडामा ८५ लाखको बजेट सिलिङ


 


मोरङ, असार ६

मोरङको पथरीशनिश्चरे नगरपालिकाले आर्थिक वर्ष ०७५/७६ का लागि प्रत्येक वडामा ८५ लाखको बजेट सिलिङ तय गरेको छ । नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा आज बसेको कार्यपालिकाको बैठकले नगरका १० वटा वडाका लागि ८५ लाख रुपैयाँ बराबरको बजेट तय गरेको प्रवक्ता यामप्रसाद गुरागाईंले वताउनु भयो ।

असार १० गतेसम्ममा नीति, कार्यक्रम तथा बजेट ल्याइसक्नु पर्ने प्रावधान अनुरुप वडातह र नगरतहमा विषयगत वजेट बाँडफाँडको छलफल जारी रहेको उहाँले उल्लेख गर्नुभयो । भौतिक पूर्वाधार, आर्थिक विकास, सामाजिक विकास, वातावरण र सुशासनका विषयगत पक्षलाई हेरेर वजेट विनियोजन गर्ने तयारी भइरहेको छ ।

यसैवीच, आज महिला जनप्रतिनिधिको अगुवाईमा नगरका अगुवा महिलाहरुको भेलाले महिला तथा वालवालिकाका क्षेत्र बजेट निर्माणका सम्वन्धमा वडा वडाबाट योजनाका बारेमा छलफल गरिएको छ । वडाका महिलाहरुले उद्यमशीलताका लागि ढाका तान सहितका उद्योग, सीपमुलक तालिम, नगरपालिकामार्फत महिला समिति, महिला हिंसा, बालबालिकाको सृजनशीलता लगायतका विषयमा बजेट वनाउनु पर्ने सुझाव दिनुभयो ।

नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अध्यक्षतमा भएको सो भेलामा वास्तोलाले महिलाहरुलाई उद्यमी वनाउँदै स्वनिर्भरताका लागि अग्रसर वनाउने बजेटमा प्राथमिकता दिन कार्यपालिका बैठकमा जोड दिने वताउनु भयो ।

प्रकाशित मिति: ६ असार २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्