भोजपुरमा प्रदेश सरकारबाट कहाँ, कति, के बजेट पर्याे ? (सूचीसहित)


 


विराटनगर, असार ६
असार १ गते प्रदेश नं १ को सरकारले आर्थिक बर्ष बर्ष २०७५ २०७६ का लागि बार्षिक बजेट संसदमा प्रस्तुत गरेको छ ।

प्रस्तुत बजेटमाथि संसदमा यतिबेला छलफल प्रारम्भ भएको छ । प्रदेश नं १ मा १४ वटा जिल्ला छन्, जसमध्ये भोजपुर पनि एक हो । भोजपुर प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको गृहजिल्ला समेत हो ।

मुख्यमन्त्री राईले आफ्नो जिल्लामा कति बजेट पठाए ? भोजपुरबासीले चासोको रुपमा लिएका छन् । यहाँ प्रदेश सरकारले भोजपुरलाई छुट्याएको रकम र कार्यक्रम प्रस्तुत गरिएको छ ।

१. हतुवागढी पूर्णडाँडा दिमालुङ् संरक्षण तथा पूर्वाधार निर्माण २५ लाख
२. दिङ्ला बजार बहुउदेश्य धर्मशाला निर्माण षडानन्द नगरपालिका ५० लाख
३. नगरस्तरिय दलित संजाल समितिको भवन निर्माण ३० लाख
४. नेपाल पत्रकार महासंघको भवन निर्माण २५ लाख

५. वालंखा बजार सामुदायिक भवन निर्माण ६० लाख
६. अरुण नदी लिफ्टििङ खानेपानी योजना षडानन्द नगरपालिका २० लाख
७. आकाशे पानी संकलन परियोजना हतुवागढी गाउँपालिका ५० लाख
८. उखुवाटार सोलार लिफ्ट खानेपानी योजना आमचोक गाउँपालिका ५० लाख
९. खा.पा. सम्भाव्यता अध्ययन र विशेष योजना तयार हतुवागढी गा.पा. २० लाख
१०. पौवादुंमा खानेपानी योजना ३५ लाख
११. बजरे खानेपानी योजना साल्पा सिलिछो गापा ५० लाख
१२. मानेभन्ज्याङ लिफ्ट खानेपानी आयोजना ७० लाख
१३. लोभा खोला मुहान लोभा देउराली खा.पा.आ. षडानन्द नगरपालिका ७० लाख
१४. साङपाङ देउराली खानेपानी मर्मत ५० लाख
१५. हतुवागढी खानेपानी योजना १ करोड ५० लाख
१६. होमतांगमा पिखुवाबाट खा.पा पम्पिङ १ करोड ५० लाख
१७. राम प्रसाद राई स्मृति पार्क निर्माण रामप्रसाद गाउँपलिका ५० लाख
१८. आत्मनन्द रंगशाला निर्माण ३० लाख
१९. आमचोक बालंखा खेल मैदान २५ लाख
२०. एकिकृत बस्ति विकास तथा बजार व्यवस्थापन २५ लाख

२१. भोजपुर क्याम्पस कर्भड हल निर्माण ३० लाख
२२. कर्भड हल निर्माण षडानन्द नगरपालिका ४ मा ४० लाख
२३. गोरुकाटे डाँडा भ्युटावर साल्पासिलिछो गापा ४ मा २० लाख
२४. घोरेटार खेल मैदान २५ लाख
२५. छिनामखु खेल मैदान ट्याम्के मैयुङ गापा २ मा २० लाख
२६. ट्याम्के भ्यु टावर निर्माण ४० लाख
२७. दिमालुङ स्मृति पार्क निर्माण पूर्णेडाँडा ४० लाख
२८. नारदमुनी थुलुङ पार्क जुरेडाँडा तीनखर्क ट्याम्के मैयुङ गा.पा. ३० लाख
२९. भोजपुर न.पा. को मुख्य बजारबाट एयरपोर्ट टक्सार जोड्ने वाटो स्तरोन्नती ७५ लाख
३०. भोजपुर नगरपालिकामा रंगशाला निर्माण ६० लाख
३१. भोजपुर बजारमा बसपार्क निर्माण ६० लाख
३२. रंगशाला निर्माण षडानन्द नगरपालिका ४० लाख
३३. षडानन्द नगरपालिका मुख्य बजार क्षेत्रमा सडक तथा ढल निर्माण ५० लाख
३४. षडानन्द नपा १ को मझुवावेसीमा पूर्वाधार निर्माण ३० लाख
३५. हतुवागढी घोडेटार संखामचुली भ्युटावर निर्माण ५० लाख
३६. होम्ताङ फुटबल मैदान सपोटिङवाल र प्याराफिट ४० लाख
३७. आरी खोला पक्कि पुल रामप्रसाद राई गापा १ करोड
३८.अरुण नदीको अंधेरी घाट सानोदुम्मा पक्कि पुल १ करोड
३९. अरुण नदीमा पक्कि पुल हेलुवावेसी कुलुङ भोजपुर संखुवासभा जोड्ने १ करोड
४०. उदयपुर मैनामैनी र भोजपुर हसनुपुर चुहार दुधकोशी नदी पक्कि पुल १ करोड
४१. एखुवा खोला झो.पु. आमचोक ३ र ४ मा ४५ लाख

४२. एखुवा खोला झो.पु. आमचोक ५ र १० मा ४५ लाख
४३. उसेप्ला थुनलुंग जोड्ने झो.पु. सवाबती खोला ४५ लाख
४४. चखेवा भन्ज्यांग ट्याम्के सडक स्तरोन्नती १ करोड
४५. च्याब्सिला चिलिंगधाप जोड्ने झो.पु. रुवा खोला ४५ लाख
४६.तामुटार मोटरेबल पुल १० लाख
४७. तेन्दो र मतेल जोड्ने इन्द्रावती खोलामा झो.पु ४५ लाख
४८. तिवारी भन्ज्यांग बास्तिम ठूलोदुम्मा सानोदुम्मा हुँदै अधेरीघाट जोड्ने सडकको मोड सुधार तथा कालोपत्रे ७५ लाख
४९. रानीटार पान्धारे चखेवा साल्पा सिलिचुङ सोलुखुम्बु हसनपुर उदयपुर हसनपुर चुहार घोरेटार भोजपुर दिंला तुम्लिङटार प्रदेशस्तरीय विशेष सडक १० करोड
५०. पिखुवाखोला मोटरेबल पुल ७५ लाख
५१. भोजपुर टक्सार एयरपोर्ट सडक ४ करोड
५२. भोजपुर टक्सार मानेभन्ज्यांग बैकुण्ठे बासिखोरा बालंखा रानीटार सडक ३ करोड
५३. भोजपुर दिंला मुलपानी केउरेनीपानी ७५ लाख
५४. भोजपुर मानेभन्ज्यांग रानीबास घोरेटार सडक ७५ लाख
५५. षडानन्द १२ तुर्के पुल झ्याउँपोखरी साङपाङ हुँदै फालिदोबाटो सडक ३ करोड

५६. याकुवाखोला नखुवा दोभान ७५ लाख
५७. सेती बगर रिमचिम हुँदै खोटाङको फेदी जोड्ने सडक ५० लाख
५८. सुन्तले बाघखोर माझखर्क तिम्मा छिनामखु अन्नपूर्ण भूल्के दलगाउँ भोजपुर सडक १ करोड ५० लाख
५९. सगरमाथा उच्च मावि हतुवागढी १० लाख
६०.भोजपुर खेल मैदान निर्माण तथा कर्भडहल निर्माण भोजपुर १ करोड
६१. डिपिआर तयार गर्नुपर्ने सडकहरु ५० लाख
६२. छर्छरे खानेपानी आयोजना च्यांग्रे ३ मा ५० लाख

नोट यहाँ सिँचाइ, खानेपानीका साना योजनाहरु समावेश भएका छैनन् ।

प्रकाशित मिति: ६ असार २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्