सेनाको टोलीद्धारा बम निष्कृय


 


धनकुटा,असार ६

धनकुटाको पाख्रिबासस्थित कञ्चनजंघा कन्ट्रक्सन कम्पनीको कार्यालयलाई लक्षित गरेर राखिएको बम नेपाली सेनाको टोलीले बम निष्कृय पारेको छ ।

आज बिहान सेनाको बम निष्कृय टोलीले पाख्रिबास नगरपालिका–४ मा रहेको मध्यपहाडी लोकमार्ग निर्माण गर्न स्थापना गरिएको कञ्चनजंघा कन्ट्रक्सन कम्पनीको कार्यालयलाई लक्षित गरी राखिएको बम बिहान ७ बजे २ बाहिनी हिले अड्डाबाट खटी गएको टोलीले निष्कृय गरेको थियो । पाख्रिबास नगरपालिका–४ मा रहेको कम्पनीको कार्यालय नजिक गएराति रेडबुलको बट्टामा राखिएको अवस्थामा बम फेला परेको थियो ।

सो क्षेत्रमा गएरातिदेखि नै प्रहरीले सुरक्षा सतर्कता बढाएर सो क्षेत्रलाई नियन्त्रणमा राखी बम निष्कृय पारिएको धनकुटाका प्रहरी प्रमुख सुरेन्द्रबहादुर गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार रेडबुलको बट्टामा ग्रिनेट बमको टुक्रा फेला परेको थियो । सो क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी विप्लव नेतृत्व समूहले बम राखेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । रासस

प्रकाशित मिति: ६ असार २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्