अझै घट्यो सुनचाँदीको मूल्य, कति छ आज ?


 


काठमाडौं, असार ६
नेपाली बजारमा आज सुनको मूल्य थप घटेको छ । आज सुन तोलामा चार सय रुपैयाँ घट्दै प्रतितोला ५८ हजार रुपैयाँमा झरेको छ ।

सुन हिजो प्रतितोला ५८ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । असार १ गते प्रतितोला ५९ हजार रुपैयाँ पुगेको सुनको मूल्य आज आएर ५८ हजार रुपैयाँ पुगेको हो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि आज तोलामा १० रुपैयाँ घट्दै प्रतितोला सात सय ६५ रुपैयाँमा झरेको छ । चाँदी पनि सातामा तोलामा ३५ रुपैयाँ तल झरेको छ । चाँदी असार १ गते प्रतितोला आठ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ६ असार २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्