सुनचाँदीको मूल्य थप घट्दै, कति छ आज ?


 


काठमाडौं, असार ४
बजारमा सुनचाँदीको मूल्य आज थप घटेको छ । आज सुन तोलामा दुई सय रुपैयाँ घट्दै प्रतितोला ५८ हजार तीन सय रुपैयाँमा झरेको छ । सुन हिजो प्रतितोला ५८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला सात सय ७५ रुपैयाँमा झरेको छ । चाँदी हिजो प्रतितोला सात सय ८० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ४ असार २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्