भारतको महाकाल मन्दिर बाहिर खतरनाक मारपिट (भिडियोसहित)


 


नयाँ दिल्ली, असार ४
भारतको उज्जैनको महाकाल मन्दिर बाहिर फूल प्रसाद बेच्ने विषयलाई लिएर खतरनाक मारपिट भएको छ ।

करिब २० मिनेटसम्म मारपिट चलेपनि मन्दीर नजिकै रहेको प्रहरी थानाले कुनै जानकारी पाउन सकेन । घटना भएको एक घण्डापछि मात्रै प्रहरी घटनास्थलमा पुगेको थियो । प्रहरीले मारपिट सम्बन्धमा मुद्दा दायर गरेपनि कसैलाई पनि पक्राउ गर्न नसकेको जनाइएको छ ।

महाकाल मन्दिरमा भएको यस्तो घटनाले प्रहरीको सुरक्षा व्यवस्थामाथि नै प्रश्न चिन्ह खडा भएको छ । यस क्षेत्रमा यसअघि पनि यस्ता घटनाहरु भएको बुझिाएको छ ।

प्रकाशित मिति: ४ असार २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्