कम बजेट दिएको जनप्रतिनिधिको गुनासो


 


तेह्रथुम,असार  ३

नगरपालिकालाई गाउँपालिकाकोभन्दा कम बजेट दिएको भन्दै तेह्रथुमका जनप्रतिनिधिहरुले गुनासो गरेका छन् । तेह्रथुममा ६ वटा स्थानीय तहमध्ये दुई वटा नगरपालिका र चार वटा गाउँपालिकाहरु रहेका छन् ।

त्यसमध्ये सबै स्थानीय तहका लागि सरकारले आगामी आर्थिक वर्षका लागि १ अर्ब २५ करोड ५८ लाख रुपैयाँ विनियोजन गरेको छ । त्यस रकममध्ये पनि क्षेत्रफलका आधारमा ठूलो स्थानीय तह आठराई गाउँपालिकाका लागि २७ करोड र सबैभन्दा सानो मेन्छ्यायेम गाउँपालिकाका लागि १२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । तर गाउँपालिकाहरुमा नगरपालिकाकोभन्दा बढी बजेट विनियोजन भएको भन्दै नगरपालिकाका जनप्रतिनिधिहरुले सार्वजनिक रुपमै असन्तुष्टि व्यक्त गरेका छन् ।

म्याङलुङ्गमा भएको एक कार्यक्रममा बोल्दै नगरप्रमुख सञ्जयकुमार तुम्बाहाम्फेले सदरमुकाम भएको हिसाबले जिल्लाको सबै कार्यक्रमहरुको चाप म्याङलुङ्ग नगरपालिकालाई परिरहेको तर सरकारले गाउँपालिकाकोभन्दा कम बजेट दिएको भन्दै बजेट बाँडफाँड गरी पुर्याउन समस्या भएको बताउनुभयो ।

प्रकाशित मिति: ३ असार २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्