काँग्रेस नेतृत्व सामन्ती सोचबाट अगाडि बढ्यो : नेता केसी


 


विराटनगर, असार ३

नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीको वर्तमान नेतृत्व सामन्ती र सर्वसत्तावादी सोचबाट अगाडि बढेको बताउनुभएको छ ।
नेपाल प्रेस युनियन मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले काँग्रेसको विधान संघीय स्वरुपमा संशोधन गरी महाधिवेशन गराउने कार्यमा तत्काल अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

पार्टी केन्द्रीय सदस्य केसीले सञ्चारमाध्यममा प्रश्न सोध्दा कार्यक्रम बन्द गरिनु र मूल्य विरोधको कार्यक्रम गर्दा पार्टी कार्यालयभित्र प्रहरी प्रवेश गरी काँग्रेस कार्यकर्ता नियन्त्रण लिनु अधिनायकवाद भएको आरोप लगाउनुभयो ।

नेता केसीले राष्ट्रपति पद्धतिमा शक्ति एक स्थानमा केन्द्रित हुनाले निरंकुश हुने सम्भावना भएकाले संसदीय पद्धति नै लोकतान्त्रिक समावेशी हुन्छ र यो नै नेपालका लागि उपयुक्त रहेको धारणा राख्नुभयो । रासस

प्रकाशित मिति: ३ असार २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्